सर्लाहीमा हावाहुरीले पैदल यात्रुको मृत्यु, हावाहुरी पींडितमा फेरि बढ्यो त्रास

मलंगवा । सर्लाहीको रामनगर गाउँपालिका १ मा हावाहुरीले घरको छानो उडाउँदा त्यसले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार दिउँसो आएको हावाहुरीले सडक छेउमा बाँसको टाटी र फुसले छाएको खाजा घरको छानो उडाउँदा पैदल यात्रु स्थानीय ४५ वर्षीय पन्निलाल सहनीको मृत्यु भएको हो ।

छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि मलंगवा ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो ।

शनिबार बिहानदेखी नै सर्लाहीको मौसम खराब रहेको छ । मौसम खराब भएर सर्लाहीका विभिन्न स्थानमा हावासहित पानी परेको छ ।

हावाहुरी पींडितमा फेरि बढ्यो त्रास

अघिल्लो साता बारा र पर्सामा हावाहुरीले बितन्डा मच्चाएपछि हावा आउनसाथ तराईंमा त्रास बढ्न थालेको छ ।


शनिबार बिहान अचानक मौसममा बदली भएर हावाहुरीले त्रिपाल र अस्थायी टेन्ट हल्लाएपछि फेटा गाउँपालिकाको भरवलीया र पुरैनियाका पीडित फेरि झस्किएका छन् ।
पानीसहित बिहान हावाहुरी चल्न थालेपछि अघिल्लो साताको बिपत्ति सम्झेर पीडित झस्किएका हुन् ।

सम्बन्धित खवर

Back to top button