कर छलि गरेको भन्दै ‘नो ट्याक्स, नो एनसेल’ ले सामाजिक सन्जाल भरियो

काठमाडौं । कर छलि गरेर राज्य दोहन गरिरहेको एनसेलको सिम बहिस्कारको अभियानले तिब्रता पाएको छ । कर छलि तिराउन पटक–पटक विभिन्न अभियान सञ्चालन गरेपनि अटेरी गर्दै आएको एनसेल विरुद्ध यसपटक भने नेपाली जनता नै सामाजिक सञ्जाल मार्फत खनिएका छन् ।


केहि दिन यता एनसेल सिम बहिस्कारको अभियानले निकै गति लिएको छ ।

विप्लव नेकपाका नेता एवं लाईफकोच नरबहादुर कार्कीले समेतले केहि दिन अघि कर नतिर्ने एनसेललाई जनतालेनै कारबाही गर्नु पर्छ भन्दै एनसेल सिम बहिस्कारको आन्दोलन गर्न अपिल गरेका थिए । त्यसलगत्तै स्वाभीमानी नेपालीहरुले उनको अभियानमा स्वस्फुर्त सहभागीता जनाइरहेका छन् ।


सामाजीक संजालमा एनसेलका सिम जलाएका र फिर्ता पठाएका तस्बिरहरु प्रसस्त देख्न सकिन्छ । हाल समाजीक संजाल फेसबुक प्रयोगकर्ताहरुले आफ्ना प्रोफाइल तस्वीर ‘नो ट्याक्स, नो एनसेल’को फ्रेमले एनसेल सिम बहिस्कारको लहर चलाएका छन् ।

सामाजिक संजाल, एनसेल विरुद्धको तस्वीरले भरिएसँगै एनसेलसँग नेपाली जनताको मनभित्र घृणा र वितृष्णा भरिएको कुरा पुष्टि हुन्छ ।

सम्बन्धित खवर

Back to top button