चट्याङ लागेर बालिकाको मृत्यु


विराटनगर । हावा, हुरी र वर्षासँगै परेको चट्याङ लागेर शनिबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको छ ।
खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा घर नजिकै चट्याङ लागेर घाइते भएकी बालिकाको छात्ती डढेको थियो ।



घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज ल्याइपुर्याइएकोमा चिकित्सकले मृत्त घोषित गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।