आँधीहुरी पींडितलाई १ करोड दिने कर्णाली प्रदेशको निर्णय

काठमाडौं । बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले आँधीहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

Back to top button