satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भागबण्डामै कांग्रेसको अलमल

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
400
भागबण्डामै कांग्रेसको अलमल

काठमाडौं ।  प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस पार्टीभित्रकै भागबण्डामा अलमलमा परेको छ । सत्ता पक्षलाई खबरदारी गरि देश र जनताको पक्षमा आवाज उठाउनुको साटो पार्टीको आन्तरिक भागबण्डामै अलमल परको हो ।
कार्यसम्पादन समिति गठनका लागि नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्यो ।

बैठकको एजेण्डा थियो, कार्यसम्पादन समिति गठनमा सहमति खोज्नु । सहमति पनि जुट्यो, भागबन्डामा । कार्यसम्पादन समितिमा ६०÷४० मा सहमति जुट्यो । सभापति शेरबहादुर देउवा समूहले ६० प्रतिशत राख्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई ४० प्रतिशत दिने सहमति भयो ।

४० प्रतिशतभित्र पौडेललाई कृष्णप्रसाद सिटौला समूहलाई पनि अटाउँनुपर्ने अवस्था छ । यस्तै, देउवा ‘क्याम्प’ छाडेर आएका नेता केवी कुरुङ र अर्जुनरसिंह केसीलाई पनि पौडेलले नै समेट्नुपर्छ । कर्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना नेता अटाउँछन् । संस्थापनइतर समूहबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव छन् । त्यसबाहेक करिब आठ जना नेतालाई मात्रै पौडेलले आफ्नो समूहबाट समेट्नसक्छन् ।

कार्यसम्पादन समितिमा ‘सिनियर’लाई अवसर दिनुपर्ने धारणा कांग्रेसमा छ । कार्यसम्पादन समितिले केन्द्रीय समिति बस्न नसकेको बेलामा पार्टीलाई गतिशील बनाउन मदत पुग्छ । आफूसँग भएको सिनियर नेतालाई नै व्यवस्थापन चुनौती भएका बेला सिटौला समूहलाई समेट्न नसक्ने निष्कर्षमा पुगेपछि वरिष्ठ नेता पौडेल सहमति तोड्न बाध्य भए ।

त्यसकारण शनिबारको बैठक बस्दै नबसी स्थगित भयो । देउवा समूह र पौडेल समूहको भागबन्डामा आफूलाई तेस्रो धारको दाबी गर्ने नेता सिटौलाले आपत्ति जनाएपछि बैठक बस्न सकेन ।

नेपाली कांग्रेसलाई देशकै एक मात्र पूर्णरूपमा लोकतान्त्रिक पार्टीको दाबी गरिन्छ । तर देशकै लोकतान्त्रिक पार्टी ‘लेनदेन’ मा चल्दा पार्टीका आम कार्यकर्ता निरास भएका छन् ।

कार्यसमपादन समितिमा सहमति नजुटेको त एक प्रतिनिधिमूलमक घटना मात्रै हो । कांग्रेस लामो समयदेखि यस्तै ‘लेनदेन’मा चलिरहेको छ । कुनै विषयमा भागबन्डामा कुरा मिले चाँडै निर्णय हुने र भागबन्डामा कुरा नमिले महिनौं अड्किने गरेको छ ।
विगतदेखि नै कांग्रेस नेताले पार्टीको विधानले नसमेटेका विषयलाई पनि आन्तरिक सहमतिबाट अघि बढाउँदै आएका छन् । विधानमा भएका व्यवस्थालाई पनि नेताहरूले आन्तरिक सहमतिको नममा उल्लंघन गर्दै आएका छन् ।

‘हाम्रो पार्टी विधानअनुसार चल्ने हो भने ९० प्रतिशत समस्या समाधान हुन्छ’, युवा नेता प्रदीप पौडेल भन्छन्, ‘आपसी शक्ति सन्तुल मिलाउनाले पार्टीभित्र समस्या आएको छ । हामीले त बारम्बार पार्टीलाई विधानअनुसार चलौं भनिरहेका छौं । विधानअनुसार चल्ने हो भने हामीप्रति लक्षित प्रश्नहरू पनि कम हुन्छन् ।’

पार्टी लेनदेनमै अल्झिएका कारण यो अवस्थामा आइपुगेको पार्टीका पुराना नेताको निष्कर्ष छ । भागबन्डा मिल्दा पार्टी सक्नै पनि तयार हुने र नमिल्दा आदर्शवादी हुने प्रवृत्तिले पार्टी क्रमशः कमजोर हुँदै गएको कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङ बताउँछन् । ‘भागबन्डा गरेर शेरबहादुर र रामचन्द्रले पार्टी सकिसके । जबसम्म कांग्रेस उठ्नै सक्दैन तबसम्म भागबन्डा रहिरहन्छ भन्ने प्रष्ट भएको छ’, उनले नभ, ‘वीपी, सुवर्ण, किशुनजीहरूलाई भागबन्डा नहुँदा पनि भएको थियो । अहिले भागबन्डानै चाहिने ? १० जनाको समिति बनाउनुपार्नेमा विधान मिचेर भागबन्डामा २० जनाको बनाउने अनि चुनावमा नहारेर के हुन्छ ?’

कांग्रेसको अवस्था देखेर लोकतन्त्रमा आस्था राख्ने जनता निरास भएको राजनीतिक विश्लेषकको तर्क छ । ‘कांग्रेस पार्टी मात्रै होइल लोकतन्त्र पनि हो । कार्यकर्ताका लागि पार्टीभित्रको भागबन्डा ठीक छ किनकि उनीहरू पनि सेटल हुन्छन् । तर लोकतन्त्रप्रति अस्था राख्ने जनता र कांग्रेसका प्रतिबद्ध भोटर निरास छन्’, राजनीतिक विश्लेषक जुगल भुर्तेल भन्छन्, ‘कांग्रेसभित्रका गुटहरू गिरोहका रूपमा परिणत हुँदा यस्तो अवस्था आएको हो । तत्काल यो समस्या समाधान हुने पनि देखिँदैन । पार्टी बचाउन आएका भन्नेहरू पनि अहिले भागबन्डामा खुसी छन् ।’

भागबन्डा पार्टीभित्र प्रवृत्तिको रूपमा विकास भएको उनको तर्क छ । ‘पार्टीको स्वास्थ्य कस्तो छ भन्ने खेल गर्दैनन् । तर चुसेर जति खान सकिन्छ खाने प्रवृत्ति बढेको छ’, भुर्तेलले भने, ‘नेपाली कांग्रेस भड्खालोमा परे केही हुन्न त्यसको विकल्पमा अर्को पार्टी आउला तर त्यस्तो पार्टी आउन वर्षैं लाग्छ । यस्तै भए पनि लोकतान्त्रिक पार्टी हो । ठोकठाक गरेर चलाउनुपर्ने अवस्था छ ।’

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.