satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्राकृतिक विपद्को एक वर्ष

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र २८ मा प्रकाशित
535
प्राकृतिक विपद्को एक वर्ष

काठमाडौं ।  २०७५ साल पनि अन्य साल जस्तै प्राकृतिक प्रकोप र आप– विपिद्का बीचबाट नै गुज्रिएको छ ।
चैत १७ गते आइतबार साँझको भीषण हावाहुरीबाट बारा र पर्सामा ठूलो जनधनको क्षति भयो । विपदले मानवीय क्षति मात्र होइन, भौतिक क्षति पनि उत्तिकै निम्त्याएको छ ।

बारा र पर्सामा हावाहुरीबाट थुप्रै भौतिक संरचना अस्तित्वहीन बन्न पुगेका छन् । हावाहुरीका कारण बारामा २७ र पर्सा जिल्लाको १ जना गरी २८ जनाले ज्यान गुमाउनुपरेको थियो । ज्यान गुमाउनेहरूमा पुरुष ११ जना र महिला ११ जना थिए । यो सँगै २ बालक र ४ बालिकाले पनि अकालमै ज्यान गुमाए ।

घाइतेको उपचार हुँदै हावाहुरीका कारण बाराका एक हजार १२२ र पर्साका ३३ जना गरी जम्मा एक हजार १५५ जना घाइते भए । यीमध्ये गम्भीर घाइते भएका सात जनाको टिचिङ शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । त्यस्तै चितवन मेडिकल कलेजमा एक जना, कलैया अस्पताल बारामा एक जना, न्युरो अस्पताल पर्सामा दुई जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये गण्डक अस्पताल पर्सामा तीन जना, वीरगंज हेल्थ केयर पर्सामा १४ जना, नेशनल मेडिकल कलेज पर्सामा ६९ जना र नारायणी उपक्षेत्रीय अस्पताल पर्सामा १४ जनाको उपचार भइरहेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति केन्द्रको तथ्यांकमा छ ।

एक हजार २७३ घरमा क्षति हावाहुरीले बारा जिल्लाका एक हजार १८३ घर र पर्सा जिल्लाका ९० गरी जम्मा एक हजार २७३ घर पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै बारामा एक हजार ४२ घर र पर्सामा ३०६ गरी जम्मा एक हजार ३४८ घरमा आंशिक क्षति पुगेको छ । योसँगै पर्साका चार विद्यालय र तीन वटा मजिस्दरमन्दिर र चार उद्योग क्षतविक्षत भएका छन् ।

बारा जिल्लाका तीन ईंटा उद्योग र एउटा स्वास्थ्यचौकीमा पनि क्षति पुगेको छ । बारामा तीन हजार ७३६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । एक हजार ५०५ हेक्टरमा लगाएको गँहु, मकै, तरकारी, मसुरो, फलफूल लगायतको बालीमा पूर्ण रूपमा क्षति पुगेको छ भने दुई हजार २३९ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । त्यस्तै पर्सामा दुई हजार १०० हेक्टर क्षेत्रफलमा लगाईएको बाली आंशिक रूपमा (२० देखि २५ प्रतिशत) क्षति भएको अनुमान केन्द्रले गरेको छ ।

प्राकृतिक विपदले कतिबेला मानिसको ज्यान लिन्छ त्यो कसैलाई कसैलाई थाहा हुँदैन । हावाहुरी, आगलागी, बाढी–पहिरो, चट्याङलगायतको प्राकृतिक विपद हाम्रो ठूलो समस्या हो । यसले निम्त्याउने क्षति पनि सानो छैन । साल २०७५ मा मात्रै प्राकृतिक विपदमा परेर ४४७ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रकाअनुसार यो वर्षको चार हजारभन्दा बढी प्राकृतिक विपदका घटनामा परेर ११ जना बेपत्ता भएका छन् भने चार अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । यस वर्षभरिको विपदका घटनाबाट भएको विवरण हेर्दा २०७५ वैशाख १ गतेदेखि चैतसम्ममा चार हजार १७७ विपदका घटना भएका छन् ।

जसमा ४४७ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएको गृहमन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको छ । आगलागीका कारण ९० को मृत्यु केन्द्रकाअनुसार आगलागीबाट ९० जनाको ज्यान गएको छ। त्यस्तै देशभर भएका विपदका घटना हेर्दा चट्याङमा परि ७५ जना र पहिरोबाट ८८ जनाको ज्यान गएको छ । त्यस्तै हावाहुरीका कारण एक वर्षमा ४४ जनाको ज्यान गएको केन्द्रले जनाएको छ । विपदका कारण तीन हजार ६९४ घाइते छन् भने ११ हजार १० परिवार प्रभावित छन् । केन्द्रकाअनुसार तीन हजार ३३८ घर पूर्ण रूपमा क्षति पुगेको छ भने तीन हजार ३९० घरमा आंशिक क्षति भएको छ । प्राकृतिक प्रकोपबाट पाँच हजार ७६२ पशु चौपाया मरेका छन् । यो वर्षभरिमा विपदबाट चार अर्ब १७ करोड ६३ लाख ३९ हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विपदमा परि धेरै मानवीय क्षति हुने १६ जिल्ला रहेका छन् । तीमध्ये सबैभन्दा बढी मानवीय क्षति बारा जिल्लामा भएको छ। बारामा २९ जनाले विपदका कारण ज्यान गुमाएका छन् । त्यस्तै सोलुखुम्बु र दाङ जिल्लामा २०–२० जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपदकै कारण म्याग्दीमा १४ जनाको ज्यान गएको छ । यो सँगै पर्सा, चितवन, बझाङ, बाग्लुङ, र रसुवामा १३–१३ जनाको ज्यान गएको छ । धादिङ, जाजरकोट र रोल्पामा ११–११ जनाको ज्यान गुमाएका छन् । झापा, सप्तरी, कास्की र सल्यानमा १०–१० जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ ।

सबैभन्दा बढी घाइते दाङमा केन्द्रको विवरणअनुसार १० जिल्लामा मात्रै दुई हजार ९१० जनाले प्राकृतिक विपदबाट घाइते भएका छन् । १० जिल्लामध्ये विपदबाट सबैभन्दा बढी प्रभावित जिल्ला दाङ देखिन्छ। दाङमा विपदका कारण घाइते हुनेको संख्या एक हजार ९०२ रहेको छ । यो सँगै बारामा ६९२, मकवानपुरमा ६८ र काठमाडौंमा ४७ जना घाइते भएका छन् । अछाममा ३६, कास्कीमा ३५, सुनसरीमा ३४, सप्तरीमा ३३, चितवनमा ३२ र रसुवामा ३१ जना घाइते भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी भौतिक क्षति बारामा प्राकृतिक विपदका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि उत्तिकै भएको केन्द्रले जनाएको छ । यस वर्षभरिमा बारा जिल्लामा मात्रै एक अर्ब ४० करोड ५५ लाख ७५ हजारको क्षति भएको केन्द्रको तथ्यांकमा छ । सुनसरीमा ३४ करोड ५९ लाख ३९ हजार ५०० को क्षति भएको छ भने काठमाडौं उपत्यकामा २९ करोड २७ लाख ८७ हजार ८१५ को भौतिक क्षति भएको छ । ललितपुर जिल्लामा १२ करोड २ लाख ३३ हजारको क्षति भएको छ भने झापामा ११ करोड २३ लाख १६ हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७५ चैत्र २८
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७५ चैत्र २८
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७५ चैत्र २८
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७५ चैत्र २८
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७५ चैत्र २८
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७५ चैत्र २८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७५ चैत्र २८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७५ चैत्र २८

das beste Casino Deutschlands

२०७५ चैत्र २८

Erfahrungen Von Der Besten Spielhalle!

२०७५ चैत्र २८

Avast Free Review Windows

२०७५ चैत्र २८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.