दक्षिणकाली माइँको दर्शन गरी आज तपाइँको दिन जान्नुहोस्

वि.सं. २०७५ साल चैत २९ गते शुक्रबार । इश्वी सन् २०१९ अप्रिल १२ तारिख । नेपाल संवत् ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष । तिथि– सप्तमी, १०ः४८ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । लेनदेनमा अलि होसियार रहनुहोला ।


बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । मिहिनेतले मान(सम्मान दिलाउनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ । कामले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्नेछ ।


मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ । कर्जामार्फत धन जुट्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । हात लागेको रकम अरूका लागि खर्च हुनेछ ।


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथ केही समस्या समेत देखा पर्नेछन् । कामको राम्रै मूल्यांकन भए पनि आम्दानी बढाउन निकै मिहिनेत पर्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । आँटेको काम बीचमा रोकिनाले आयआर्जनमा समस्या पर्न सक्छ । सरसापटमा सञ्चित धन बाहिरिनेछ भने खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ ।


कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले काम लिन नसक्दा पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्नेछ । तापनि दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ । आफ्ना लागि जुटिदिने सहयोगीहरू पनि फेला पर्नेछन् ।


तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।


बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बेला कामको चाप भने बढ्न सक्छ ।


धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।


मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । काममा सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।


कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा केही अलमल हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

 

यद्यपी,

राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

Back to top button