फेवातालबाट ’नेपाल भ्रमण वर्ष २०२०’ घोषणा


पोखरा । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराको फेवाताल किनारबाट शनिबार घोषण गर्दैछ । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ ।
पोखरामा शुक्रबारदेखि सुरु भएको नयाँ वर्ष महोत्सव स्थल फेवाताल किनारको कोमागाने पार्कबाट शनिबार नेपाल सरकारले ‘भ्रमण वर्ष २०२०’ को घोषण गर्ने भएको हो ।



यसका लागि सम्पूर्ण तयारी पूरा भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम कार्यान्वयन समिति सदस्य विप्लव पौडेलले जानकारी दिए । कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने भएका छन् ।
पोखरा देशकै पर्यटकीय राजधानी भएकोले सरकारले पोखराबाट सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गर्न लागेको हो । नेपाल भ्रमण वर्ष घोषणसँगै सरकारले विदेशी पर्यटक नेपाल आउन प्रवद्र्धधनात्मक कार्यक्रम पनि गर्ने बताइएको छ ।