युवा, विद्यार्थीलाई सरकारविरुद्ध आन्दोलन गर्न देउवाको निर्देशन

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएको बताए ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएको प्रति उनले आपत्ति जनाएका थिए ।

कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्थाबारे असन्तुष्टि जनाएका थिए ।

सम्बन्धित खवर

Back to top button