हलेसी महादेवको दर्शन गरी चैत ३० गते तपाइँको दिन जान्नुहोस्

वि.सं. २०७५ साल चैत ३० गते शनिबार । इश्वी सन् २०१९ अप्रिल १३ तारिख । नेपाल संवत् ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष । तिथि– अष्टमी, ८ः४६ बजेउप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । आफन्तको सहयोग जुट्नाले काम बन्नेछ । साझेदारीबाट लाभ उठाउन सकिनेछ । लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।


बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।


मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन् । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ ।


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । प्रयत्न गर्दा दिगो काम फेला पार्न सकिनेछ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ ।


कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ ।


तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।


धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ ।


मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधा जुटाउन सकिनेछ ।


कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ । व्यवसायमा सोचेको धनलाभ नहुन सक्छ । सन्तान वा अनुयायीले भने साथ दिनेछन् ।

यद्यपी,

राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

Back to top button