मानव कंकालसँगै भेटिए तस्वीरहरू, आफन्तसम्म पुर्याउन सेयर गरौं


धनगढी । कैलालीको भासु भीरमा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भासु भीरमा बिहीबार शव फेला परेको हो ।
स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । सडक भन्दा ५ सय मिटर तल भीरमा रहेको उक्त मानव कंकाल शुक्रबार सशस्त्र प्रहरीको सहायताले निकालिएको हो ।



भीमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने भासुस्थित हाइवे सडकबाट झण्डै ५ सय मिटर तल भीरमा मानव कंकाल भेटिएको कैलालीका प्रहरी नावय उपरीक्षक दक्षकुरमार बस्नेतले बताए ।
‘उक्त मानव कंकाल महिनौँ पुरानो भएकाले पहिचान गर्न गाह्रो भएको छ’, बस्नेतले भने, ‘कंकाल सँगै भेटिएको पाइन्टमा मोबाइल भित्र रहेको मेमोरीमा फोटा भेटिएकाले पहिचान हुने अपेक्षा छ ।‘ प्रहरीले कंकाल कस्को हो पत्ता लगाउन भनेर मेमोरी कार्डमा रहेका फोटो पनि सार्वजनिक गरेको छ ।
बेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । कंकाल परीक्षणका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।