काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ९ एन एमएच कलसाइनको विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले पुष्टि गरेका छन् । समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।
उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।
विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बर घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।
थप विवरण आउन बाँकी ।