सडक दुर्घटनाबाट ३ को मृत्यु, ३१ घाइते

मलंगवा ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । उष्ण प्रदेशिय बागवानी नजिकै आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई प्रहरीले अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बस रिजर्भ गरी घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । बस तीब्र गति र चालकको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार शाहीले बताए । तीब्र गतिमा रहेको बस बढी स्टेरिङ्ग मोड्दा सडक छेउको रुखमा ठोक्किँएको हो ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको शाहीले बताए । उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सहचालक संखुवासभा जिल्ला माढी गाउँपालिका ७ बस्ने ४० वर्षीयको लाक्पा छिरी शेर्पा प्रहरीको सम्पर्कमा आएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button