राष्ट्रपतिद्वारा विभिन्न व्यक्ति विभूषित

काठमाडौं ।  राष्ट्रपति विद्यदेवी भण्डारीद्वारा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभिन्न पदक तथा मानपदवीबाट  विभूषित गरिएको छ । राष्ट्रपति कार्यालय शितलनवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई विभिन्न मानपदवीबाट विभुषित गरेकी हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७५ को अवसरमा घोषणा भएअनुसार समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री मानपदवीबाट विभूषित गरिएको हो ।

सम्बन्धित खवर

Back to top button