पौडी खेल्ने क्रममा कर्णालीमा डुबेर दुई बेपत्ता


बर्दिया । कर्णाली (गेरुवा) नदीमा दुईजना बेपत्ता भएका छन् । नेपालकै लामो पक्की पुल रहेको कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।
बाँके जिल्ला कोहलपुर निवासी १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली जिल्ला लम्की निवासी १९ वर्षीय प्रज्ज्वल कोइराला पौडी खेल्दाखेल्दै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।



बेपत्ता भएका दुई जनाको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले बताए । ६ जनाको सम्ूहमा घुम्न आएका उनीहरु सबैजना पौडी खेल्दै थिए । सोही क्रममा दुईजना बेपत्ता भएको घटना स्थलबाट प्रजिअ कुरुम्बाङ्गले जानकारी दिए ।