वैशाख २ गते शैलेश्वरीको दर्शन गरी जान्नुहोस् तपाइँको आज


वि.सं. २०७६ साल वैशाख २ गते सोमबार । इश्वी सन् २०१९ अप्रिल १५ तारिख । नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष । तिथि– एकादशी, २५ः२१ बजेउप्रान्त द्वादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।



बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने छ । नियमित कामले पनि उत्साह जगाउनेछ । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउन सक्छन् । श्रम गर्नुपरे पनि मनग्गे धनलाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छ् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न केही विलम्ब हुनेछ । भोजलगायत विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि अलि सजग रहनुपर्ला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पनि अलि पछि परिनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक बाहिर सार्वजनिक नगर्नुहोला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनग्गे अर्थ लाभ हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ ।
यद्यपी,
राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।