यु–१९ क्रिकेट मलेसियामाथि नेपाल ८ विकेटले जीत
काठमाडौं । मलेसियामा जारी एसिया क्षेत्रको यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ ।
नेपालले सोमबार आयोजक राष्ट्र मलेसियालाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले ९३ रनको लक्ष्य दिएको थियो । नेपालले मात्र १३ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।
नेपालका ओपनर रित गौतमले अविजित ३९ रन बनाए भने आशिफ शेखले २६ र पवन सर्राफले १९ रन जोडे । एक मात्रै बल खेलेका रोहित पौडेलले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । यसअघि टस हारेर ब्याटिङ सुरु गरेको मलेसियाले ३३ ओभर ५ बलमा ९२ रन बनाउदा सबै विकेट गुमायो । डेनियल फिक्रिले ३७, मोहम्मद आमिरले १३ र हाकिम हरिसनले १० रन बनाए भने मलेसियाका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३र३ विकेट लिए भने कृष्णसिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग डकवर्थ लेविसमा एक रनले हारेको थियो ।