अमेरिकन पेस्तोल नेपालमा फेला पर्‍यो

मोरङ ।    प्रहरीले विराटनगर महानगरपालिका –१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ ।
प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर

Back to top button