काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सर्वोच्च अदालतको फैसला नै आए पनि सरकारी जग्गा व्यक्तिको नाममा गर्न नदिने बताउनुभएको छ । सोमबार स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतको फैसलाबाट पनि आफु नडराउने प्रतिक्रिया दिनु भएको हो ।
समपत्तिको रक्षा गर्नु सरकारको कर्तव्य रहेको स्मरण गरराउँदै मन्त्री अर्यालले सरकारी जग्गा हडप्छु भन्ने कु मानसिकता कसैले बोकेको भए सो त्याग्न चेतावनी समेत दिनुभएको छ ।