वैशाख ३ गते सुपादेउरालीकाे दर्शन गरी जान्नुहोस् तपाइँको आज

वि.सं. २०७६ साल वैशाख ३ गते मंगलबार । इश्वी सन् २०१९ अप्रिल १६ तारिख । नेपाल संवत् ११३९ चौलाथ्व । चैत्र शुक्लपक्ष । तिथि– द्वादशी, २३ः१७ बजेउप्रान्त त्रयोदशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बेसुरको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । साझेदारीमा देखिने समस्याले वादविवाद र असमझदारी बढ्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । साथीभाइले समयमा साथ नदिन सक्छन् । तापनि पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा काम बिस्तारै सम्पादन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । ईर्ष्या गर्नेहरूले पनि सताए पनि आजको श्रमले पछिलाई फाइदा हुनेछ । पहिलेका कमजोरी सुधार्दै अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तर, स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
ख्ष्चनयखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मध्याह्नपछि आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । शुभचिन्तकहरू समेत टाढिएलान् । मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ । अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने स्थिति आउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कममात्र भेटिनेछन् । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । दिगो काम गर्न केही समय पर्खनुपर्ला । हिसाबकिताबमा होसियार रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

यद्यपी,

राशिफलमा भएको कुराले खासै फरक पार्दैन । लक्ष्यप्रति दृढ, सकरात्क सोच र कर्मले तपाइँको भाग्य निर्धारण गर्नेछ ।

सम्बन्धित खवर

Back to top button