satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरी दर्ता

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख ४ मा प्रकाशित
399
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध उजुरी दर्ता

काठमाडौँ ।        संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस पाँच न्यायाधीशविरूद्ध उजुरी आह्वान गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध पनि एउटा उजुरी दर्ता भएको छ ।

प्रधानन्यायाधीश राणाविरूद्ध दर्ता भएको उजुरीमा उनीमाथि अनियमितताको आरोप लगाउँदै सिफारिस खारेज गर्न माग गरिएको छ। सर्वोच्चमा न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन् ।

यसअघि राणालाई प्रधानन्यायाधीश बनाउन नहुने दलिलसहित उजुरी गर्ने व्यक्तिले नै यसपटक पनि उजुरी दिएका हुन् । ‘अनियमितता गर्नेबाट भएको सिफारिस रद्द गरिपाउँ,’ उजुरीकर्ताले लेखेका छन् ।

ती उजुरीकर्ताले चोलेन्द्रशमशेरले झगडियाको मुद्दा हेरेको, भ्रष्टाचार गरेको लगायत आरोप लगाएका छन्। वीरगन्जको छपकैया पोखरी व्यक्तिको नाममा दर्ता गराइएको विषयसमेत उजुरीमा छ ।

सर्वोच्चमा सिफारिस न्यायाधीशका हकमा भने पाँचमध्ये दुई जनाविरुद्ध उजुरी परेको छ । सर्वोच्चमा प्रस्तावित उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र वरिष्ठ अभिवक्ता हरि फुयाँलविरुद्ध उजुरी परेको हो ।

वरिष्ठ अधिवक्ता शम्भु थापा र पूर्ण राजवंशीले न्यायाधीश नियुक्ति प्रक्रियाप्रति नै आपत्ति जनाउँदै सैद्धान्तिक उजुरी दिएका छन् ।

न्यायाधीशमा प्रस्तावित फुयाँललाई एक उजुरीकर्तले झूटा प्रमाण प्रयोग गरी आफ्नो सम्पत्ति नगरपालिकाको नाममा गरिदिएको आरोप लगाएका छन् ।

ती उजुरीकर्ताले चितवनस्थित पदमपुरको आफ्नो जग्गा नगरपालिकाको नाममा कायम गर्न झूटा विवरण पेस गरेको आरोप लगाएका छन् । ‘खेतीपाती भइरहेको र निर्माणाधीन घर भएकै जग्गामा वडा कार्यालयको बोर्ड टाँस्ने अयोग्य र असक्षम व्यक्तिलाई न्यायाधीश नबनाऊँ,’ धादिङ, सल्यानटारका उजुरीकर्ताले लेखेका छन्् ।

त्यस्तै, पाटनका मुख्य न्यायाधीश ढुंगानालाई ६० लाख घुस खाएको आरोप छ । पञ्चकन्या ग्रुपमा कार्यरत आफ्ना श्रीमानलाई न्यायाधीशले घुस खाएर जेल पठाएको उजुरीकर्ताले दाबी गरेकी छन् ।

‘मुख्य न्यायाधीशका रूपमा ढुंगानाले तीनपटक एउटै न्यायाधीशलाई बेन्च तोकेका थिए,’ उजुरीकर्ताले लेखेका छन्, ‘न्याय परिषदमा समेत उजुरी गरेको तर छलफलमा ल्याइएन ।’

ढुंगानाविरुद्ध पुनरावेदन अदालत पाटनका रजिस्ट्रार हुँदा आर्थिक प्रलोभनमा परी आफ्नो बढुवाको अंक घटाइदिएको आरोप पनि अर्का एक उजुरीकर्ताले लगाएका छन् ।

ढुंगानालाई लक्ष्य गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले समेत सैद्धान्तिक उजुरीमार्फत् टिप्पणी गरेका छन् ।

‘उच्च अदालतका केही माननीय मुख्य न्यायाधीशज्यूहरू पनि सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनुभएको छ । बेन्च फिक्सिङ र केस सपिङजस्ता विकृति न्यायालयमा बारम्बार सुनिने गरेको अवस्थामा यसले के कस्तो परिस्थिति सिर्जना हुन सक्छ ?’ उजुरीमा भनिएको छ ।

थापा र राजवंशीले राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्त गर्ने प्रचलन मौलाएको पनि उजुरीमा उल्लेख गरेका छन् । न्यायाधीश सम्मेलनको घोषणापत्रमा उल्लिखित योग्यताको विषय उठाउँदै उनीहरूले सिफारिस भएकाहरूको योग्यतामाथि प्रश्न गरेका छन् ।

सर्वोच्चमा सिफारिस उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र मनोजकुमार शर्मा्विरुद्ध कुनै उजुरी परेको छैन ।

न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले बुधबार छलफल गर्दैछ । न्यायाधीशको सुनुवाइ भने सम्भवत बिहीबार हुनेछ ।

Related Posts

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
विविध

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

by लालबहादुर बि.क.
२०७६ बैशाख ४
0

डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था...

कर्णाली प्रदेश

राउटे बस्ती सिल

by सत्कार पोष्ट
२०७६ बैशाख ४
0

  कोहलपुर-११ राउटे समुदाय बसोवास गर्दै आएको बस्तीनै सिल गरिएको छ। सुरक्षाको चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीनै...

सुकुम्बासी रातो फारम वडा अध्यक्षले भर्ना मानेनन्

२०७६ बैशाख ४
नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

२०७६ बैशाख ४
सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

२०७६ बैशाख ४
पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घट्‍यो 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७६ बैशाख ४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ बैशाख ४
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ बैशाख ४

das beste Casino Deutschlands

२०७६ बैशाख ४

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ बैशाख ४

Avast Free Review Windows

२०७६ बैशाख ४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.