भयानक बम विस्फोट, चौधरी ग्रुपको उद्योग क्षति हुनबाट बच्यो


नवलपरासी । अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग परिसर नजिकै शक्तिशाली वम बिस्फोट भएको छ । अहिले भर्खरै नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग परिसर निजकै शक्तिशाली बम बिस्फोट भएको हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।
बाेतलमा राखेको सामानन्य विस्फोटक पदार्थ विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । उद्योग अगाडी गार्ड रहने गेट भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको हुनसक्ने डिएसपी रमेश थापाले बताएका छन् । विस्फोटबाट केहि क्षति नभएको बताइएको छ ।



(थप विवरण आउन बाँकी )