कांग्रेसले ल्यायो जागरण अभियान ७७ जिल्लामा खटायो नेताहरु


६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा नेता खटाएको छ ।
जागरण अभियान अन्तर्गत वैशाख ११ गते सुरु भई जेठ ११ गते सकिने पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा नेता खटाएको हो ।



केन्द्रबाट खटिएका नेताले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र दिएर उनीहरुलाई जिल्ला पठाएको नेपाली कांग्रेसले जनाएको छ ।
कुन जिल्लामा को खटिए ?
प्रदेश नं. १ का १४ जिल्ला
१. ताप्लेजुङ – सरिता प्रसाई
२. पाँचथर – लक्ष्मी परियार
३. इलाम – अमृत अर्याल
४. संखुवासभा – सिता गुरुङ
५. तेह्रथुम – हसन अन्सारी
६. धनकुटा – डा. नारायण खड्का
७. भोजपुर – रामहरि खतिवडा
८. खोटाङ – उदयशम्शेर राणा
९. सोलुखुम्बु – लक्ष्मी राई
१०. ओखलढुंगा – मिनाक्षी झा
११. उदयपुर – प्रदीप गिरी
१२. झापा – ज्ञानेन्द्रबहादुर कार्की
१३. मोरङ – कृष्णप्रसाद सिटौला
१४. सुनसरी – महेश आचार्य
प्रदेश नं. २ का ८ जिल्ला
१. सप्तरी – आनन्दप्रसाद ढुंगाना
२. सिरहा – महेन्द्र यादव
३. धनुषा – बलबहादुर के.सी.
४. महोत्तरी – चित्रलेखा यादव
५. सर्लाही – महालक्ष्मी उपाध्याय ‘डिना’
६. रौतहट – रमेश रिजाल
७. बारा – प्रकाशमान सिंह
८. पर्सा – फरमूल्लाह मन्सुर
प्रदेश नं. ३ का १३ जिल्ला
१. दोलखा – रामकृष्ण यादव
२. रामेछाप – किरण यादव
३. सिन्धुली – डा. रामशरण महत
४. काभ्रेपलाञ्चोक – डा. शेखर कोइराला
५. सिन्धुपाल्चोक – अम्बिका बस्नेत
६. रसुवा – जीवन परियार
७. नुवाकोट – मीन विश्वकर्मा
८. धादिङ – प्रदीप पौडेल
९. चितवन – रमेश लेखक
१०. मकवानपुर – अर्जुननरसिंह के.सी.
११. भक्तपुर – डा. मिनेन्द्र रिजाल
१२. ललितपुर – सुरेन्द्रराज पाण्डे
१३. काठमाडौं – बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
१. गोरखा – ध्यानगोविन्द रञ्जित
२. लम्जुङ – कमला पन्त
३. तनहुँ – नविन्द्रराज जोशी
४. कास्की – अर्जुनप्रसाद जोशी
५. मनाङ – कृष्णचन्द्र नेपाली
६. मुस्ताङ – बहादुरसिंह (लामा) तामाङ
७. पर्वत – चिनकाजी श्रेष्ठ
८. स्याङजा – गोविन्द भट्टराई
९. म्याग्दी – शुक्रराज शर्मा
१०. बाग्लुङ – शंकर भण्डारी
११. नवलपुर (बर्दघाट सुस्तापूर्व) – दिपक गिरी
प्रदेश नं. ५ का १२ जिल्ला
१. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – राधेचन्द्र यादव
२. रुपन्देही – पुष्पा भुसाल
३. कपिलवस्तु – हरिप्रसाद नेपाल
४. पाल्पा – बालकृष्ण पाण्डे
५. अर्घाखाँची – दिपकुमार उपाध्याय
६. गुल्मी – अजयकुमार चौरसिया
७. रूकुम (पूर्वी भाग) – रत्न शेरचन
८. रोल्पा – मानबहादुर विश्वकर्मा
९. प्यूठान – शिवराज जोशी (सुर्खेत)
१०. दाङ – मोहनबहादुर बस्नेत
११. बाँके – श्यामकुमार घिमिरे
१२. बर्दिया – डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
१. रूकुम (पश्चिम भाग) – राजनप्रसाद पन्त
२. सल्यान – पार्वता डी.सी. चौधरी
३. डोल्पा – कुमार खड्का
४. जुम्ला – रमा पौडेल
५. मुगु – दिनवन्धु श्रेष्ठ
६. हुम्ला – हृदयराम थानी
७. कालीकोट – डा. चन्द्र भण्डारी
८. जाजरकोट – ध्रुव वाग्ले
९. दैलेख – दिलबहादुर घर्ती
१०. सुर्खेत – जीवनबहादुर शाही
सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
१. बाजुरा – दिलेन्द्रप्रसाद बडू
२. बझाङ – मनमोहन भट्टराई
३. डोटी – शिवप्रसाद हुमागाँई
४. अछाम – गगनकुमार थापा
५. दार्चुला – अतहर कमाल मुसलमान
६. बैतडी – किरणराज शर्मा पौडेल
७. डडेल्धुरा – बीरबहादुर बलायर
८. कञ्चनपुर – गुरुराज घिमिरे
९. कैलाली – एन.पी. साउद