satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

श्रीलंकामा शृंखलाबद्ध बम विस्फोटः २ सय ७ को मृत्यु, ४५० बढी घाइते

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
455
श्रीलंकामा शृंखलाबद्ध बम विस्फोटः २ सय ७ को मृत्यु, ४५० बढी घाइते

कोलम्बो । श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् ।
पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबेस्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् ।

विस्फोटपछि रक्षा मन्त्रालयले स्थानीय समयअनुसार आइतबार साँझ ६ देखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको छ भने प्रमुख सामाजिक सञ्जालहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाकर्मीहरूले ७ जनालाई पक्राउ गरे पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने आइतबार साँझसम्म खुल्न सकेको छैन ।

इस्टरका कार्यक्रम भइरहेका बेला सबैभन्दा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट भएको थियो भने त्यसलगत्तै नेगोम्बोको सेन्ट सेबास्टियन चर्च, बाट्टीकालोआको जियोन चर्च र कोलम्बोका तीन होटलमा लगातार विस्फोट भएका थिए । सातौं विस्फोट दक्षिणी कोलम्बोको देहीवालास्थित चिडियाखाना नजिकैको होटलमा भएको थियो । कोलम्बोको देमातागोडा जिल्लामा आठौं विस्फोट भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी एउटा घरमा छापा मार्न गएका बेला आक्रमणकारीले आफैंलाई बमले उडाउँदा घरको छत खसेर तीन प्रहरी अधिकारी मारिएका छन् ।

सबैभन्दा बढी क्षति सेबेस्टियन चर्चमा भएको छ । त्यहाँ कम्तीमा पनि ६७ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा चर्चको छत ध्वस्त भएको र कुर्सीहरू रगतले लतपतिएका र मानिसका कपडा यत्रतत्र छरिएका देखिन्छन् । बाट्टीकालोआको चर्चमा २७ जना मारिएका छन् । अधिकांश चर्चका छत विस्फोटले उडेका छन् भने सिसा यत्रतत्र छरिएका छन् । बाट्टीकालोआ अस्पतालले ३ सय घाइते भर्ना भएको जनाएको छ ।
विस्फोटमा बेलायत, नेदरल्यान्ड, अमेरिका, टर्की, चीन, पोर्चुगललगायत देशका ३५ विदेशी नागरिक पनि मारिएको जनाइएको छ ।

विस्फोट भएको होटल सिनामन ग्रान्ड प्रधानमन्त्रीको सरकारी निवास नजिकै पर्छ । ग्राहकहरूले खचाखच त्यहाँको रेस्टुरेन्टमा आक्रमणकारीले बिहान ८.३० बजे आफैंलाई बमले उडाउँदा एकजनाको मृत्यु भएको छ । विस्फोट गराउनुअघि आक्रमणकारी खानाको लाइनमा उभिएको होटलका कर्मचारीले बताएका छन् । सांग्रिला होटलको दोस्रो तलामा विस्फोट गराइएको थियो । विस्फोटबाट झ्याल उडेको छ भने बिजुलीका तारहरू सिलिङमा झुन्डिएका छन् ।

आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । एएफपीका अनुसार श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि उच्च अधिकारीहरूलाई आत्मघाती आक्रमणकारीहरूले प्रमुख चर्चहरूमा आक्रमण गर्ने योजना बनाएको सूचना पाएको भन्दै अलर्ट गराएका थिए । विदेशी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै अलर्टमा भनिएको थियो, ’नेसनल थोहिथ जमात (एनटीजे) समूहले प्रमुख चर्च र कोलम्बोस्थित भारतीय हाई कमिसनमा आत्मघाती आक्रमणको योजना बनाएका छन् ।’ एटीजे चरमपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मूर्तिहरू तोडफोडमा पनि यो समूह संलग्न भएको पाइएको थियो ।


श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो ।

कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ ।

यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन् । यद्यपी मर्नेहरुमा ९ जना विदेशी रहेको सुरक्षा निकायले पुष्टि गरेको छ ।

आक्रमणको जिम्म कसैले नलिएको पनि सुरक्षा निकायले जनाएको छ ।

विस्फोट लगत्तै प्रधानमन्त्री रनील विक्रमासिंघेले सुरक्षा परिषदको आपत्कालिन बैठक बोलाएका छन् ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.