राष्ट्रपति भण्डारीको चीन भ्रमण तय, हवाई खर्च मात्र १ करोड ६५ लाख

काठमाडौं ।   राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको लागी राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । नेपाल वायु सेवा निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो ।

यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सह-प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

तीनदिने चार्टर्ड उडानको लागि लागत एक लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button