satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जिल्ला पदाधिकारीमा ओली र प्रचण्ड नै हावी नेपाल कमजोर

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
531
जिल्ला पदाधिकारीमा ओली र प्रचण्ड नै हावी नेपाल कमजोर

काठमाडौं ।  नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवको नामलिष्ट हेर्न पाउँ भन्दा पनि देखाइएन । भोलिपल्ट सार्वजनिक भएको ७७ जिल्ला अध्यक्षको सूचीमा गौतम र श्रेष्ठ पक्षका एकएक जना मात्र परे ।

नेकपाको शक्तिशाली हाइकमाण्ड (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष र सचिवमा घुसाउन चाहे पनि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड नै हाबी भए । तर, नयाँ मापदण्डका कारण माधव नेपाल र रामबहादुर थापा बादल पक्षले पनि आफू निकटका नेतालाई व्यवस्थापन गरेका छन् ।

पूर्व एमालेभित्र ओली र नेपालका दुई प्रमुख गुट छन् । ओली र नेपाल गुटको विवादकै कारण जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने मापदण्ड बनाइदा यसअघि सिफारिस भएका धेरै नेता अध्यक्ष र सचिव बन्नबाट बन्चित भए । नयाँ मापदण्डमा परेका कारण केन्द्रीय सदस्यहरु जिल्ला अध्यक्ष र सचिव बने भने जिल्ला अध्यक्ष भइरहेकाहरु सचिवमा घटुवा भए ।

सुरुमा जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकामा नराख्ने भनिएको थियो । तर, मापदण्ड बिना प्रदेश कार्यदलको सिफारिसका नाममा अध्यक्ष र सचिव तोक्दा ओली पक्षले एकलौटी गर्ने देखेपछि वरिष्ठ नेता नेपालले तत्कालिन एमालेभित्रको कमिटीको बरियताका आधारमा जिम्मेवारी दिनुपर्ने अडान लिएका थिए ।
पछिल्लो मापदण्डपछि तत्कालिन एमालेले पाएका ४४ जिल्लामध्ये नेपाल पक्ष पक्षबाट प्रष्ट खुलेका १३ जना अध्यक्ष बनेका छन् । सचिवलाय सदस्य बामदेव गौतम पक्षका एक जनामात्र प्युठानका तुलसीराम शर्मा अध्यक्ष बनेका छन् । पछिल्लो समय गौतम नेपाल निकट भएकोले शर्मालाई नेपाल समूहले आफ्नो भनेको छ ।

माधव नेपाल, झलनाथ र बामदेव गौतम पक्षका जोड्दा १५ जिल्ला अध्यक्ष सो समूहबाट बनेका छन् । बाँकी २९ जिल्लाका अध्यक्ष केपी ओली निकट छन् । सचिवालयमा पूर्व एमालेका ईश्वर पोखरेल र विष्णु पौडेल ओलीसँगै रहेकाले यो गुट नै जिल्ला अध्यक्षमा बलियो बनेको नेकपा स्रोतले जनाएको छ । कतिपय नेताले आफूलाई कतै खुलाउन नचाहे पनि दुवै गुटले आआफ्नो पक्षको दाबी गरेका छन् ।

ओली पक्षबाट को को ?

पूर्वएमालेले पाएका ४४ जिल्ला अध्यक्षमध्ये ३० जना ओली पक्षका दाबी गरिएको छ । ओली पक्षका अध्यक्षमा प्रदेश १ बाट पाँचथरका राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका विनोद ढकाल, धनकुटाका राजेन्द्र राई, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई छन् ।

त्यस्तै प्रदेश २ बाट धनुषका राजकिशोर यादव र पर्साका प्रभु हजारा ओली निकट मानिन्छन् । प्रदेश ३ बाट दोलखाका ईश्वरचन्द्र पोखरेल, धादिङका भूमी त्रिपाठी, काठमाडौंका कृष्ण राई, भक्तपुरका बचन देउजा र ललितपुरका हरिकृष्ण ब्यन्जनकार ओली निकट हुन् ।

गण्डकी प्रदेशबाट कास्कीका कृष्ण थापा, तनहुका केदार सिग्देल,पूर्वी नवलपरासीका रोशन गाहा मगर, मुस्ताङका चन्द्रमोहन गौचन र मनाङका पोल्देन छोपाङ गुरुङ ओली पक्षका अध्यक्ष हुन् ।
प्रदेश ५ बाट ओली पक्षका अध्यक्षहरुमा गुल्मीका मधुकृष्ण पन्त, अर्घाखाँचीका चेतनारायण आचार्य, पाल्पाका नारायण आचार्य, रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोखरेल छन् । कर्णाली प्रदेशबाट दैलेखका रविन्द्र शर्मा र सल्यानका गोविन्द पुन ओली पक्षका अध्यक्ष हुन् ।

सुदूरपश्चिम प्रदेशको भने फरक दृष्य छ । पूर्वएमालेले पाएका ५ जिल्ला अध्यक्षमध्ये केन्द्रको आबद्धताका हिसाबले ४ जना ओली निकट मानिन्छन् । तर, जिल्लाको अन्तरबिरोध र प्रदेश राजनीतिका हिसाबले भीम रावललाई कतिपयले क्रस गर्न नसक्ने त्यहाँका नेताहरु बताउँछन् ।

एमालेले पाएका जिल्ला अध्यक्षमध्ये कैलालीका रतन थापा पछिल्लो समय ओली गुटमा पुगेका छन् । रावलले दीर्घ सोडारीको ठाउँमा मन्त्री नबनाएपछि उनी ओली समूहमा खुलेका हुन् । त्यस्तै बाजुराका कालिवहादुर शाही ओली निकट हुन् । डोटीका चक्र मल्ल ओली समूहमै रहेपनि स्थानीय ओली पक्षधर नेताहरुसँग भने उनको अन्तरविरोध छ । त्यस्तै बैतडीका सुरेन्द्र पाल पनि ओली पक्षकै हुन् ।

नेपाल पक्षबाट अध्यक्ष बन्नेहरु

पूर्वएमालेभित्र माधव नेपाल, झलनाथ र बामदेव गौतम एकै ठाउँमा हुँदा १४ जिल्ला अध्यक्ष यो समूहको पक्षमा खुलेका छन् । यद्यपि नेपाल पक्षका नेताहरुले १७ जना आफ्नो समूहका भएको बताएका छन् । नेपाल पक्षबाट प्रदेश १ मा इलामका राम राना, तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे अध्यक्ष बनेका छन् ।

प्रदेश २ बाट सर्लाहीका रेवती पन्त र रौतहटका कमल राय यादव नेपाल पक्षका अध्यक्ष हुन् । प्रदेश ३ बाट सिन्धुपाल्चोकका झम्क नेपाल, रसुवाका कन्र्याल तामाङ, मकवानपुरकी मुनु सिग्देल नेपाल पक्षका अध्यक्ष हुन् । गण्डकी प्रदेशबाट बागलुङका इन्द्रलाल सापकोटा मात्र नेपाल पक्षमा खुलेका नेता हुन् ।

प्रदेश ५ बाट दाङका टिकाराम खड्का, प्युठानका तुलसीराम शर्मा नेपाल पक्षका अध्यक्ष हुने भने कर्णाली प्रदेशबाट सुर्खेतका धु्रब शाही र डोल्पाका दत्तवहादुर रोकाय नेपाल पक्षका अध्यक्ष हुन् । सुदूरपश्चिम प्रदेशबाट अछामका शेरवहादुर कुँवर नेपाल पक्षका अध्यक्ष हुन् ।

माधव नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको नेतृत्व नियतवश पूर्व माओवादीलाई जिम्मा लगाउँदा आफ्ना पक्षका अध्यक्षहरु सचिवमा झरेको नेपाल सो समूहका नेताले बताए ।

जिल्ला सचिवहरुको संख्या भने ओली पक्षको हाराहारीमा नेपाल पक्षबाट पनि आएको बताइएको छ ।
नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले व्यक्ति को कुन गुटबाट आए भन्ने ठूलो कुरा नरहेको भन्दै बिधी र प्रक्रियाबाट एकीकरण टुंगो लगाउनुपर्नेमा जोड दिए । उनले ‘स्थायी कमिटीले गठन गरेको कार्यदललाई नै जिम्मा दिएको भए यो भन्दा राम्रो ढंगले जिल्ला कमिटीहरुको नेतृत्व चयन हुने थियो’ भनेका छन् ।

पूर्व माओवादीमा बादल बलियो बन्दै

पूर्व माओवादीभित्र प्रचण्डको लगभग सबै कमिटीमा एकाधिकार रहँदै आएकोमा जिल्ला अध्यक्ष तथा सचिवमा बादलले उल्लेख्य संख्यामा आफ्ना मान्छे घुसाउन सफल भएको देखिएको छ ।

नेकपाभित्र अब बादल गुट चौथो शक्तिशाली समूह बनेको छ । बादलले पूर्व माओवादीले पाएका ३३ जिल्ला अध्यक्षमध्ये कम्तिमा ७ जना आफ्नो पारेका छन् ।

बादल पक्षबाट अध्यक्ष बन्नेमा ओखलढुंगाका मोहन खड्का, रामेछापका मैनकुमार मोक्तान, काभ्रेकी रुकु चौलागाई, बाँकेका आईपी खरेल, कालिकोटका धनजीत शाही, जाजरकोटका ढकवीर राना र मुगुका सुरवीर बुढा छन् । जबकी नारायणकाजी पक्षका एक जना मात्र अध्यक्ष परेका छन् महोत्तरीका राजु खड्का । पूर्व माओवादीमा अरु २८ जना अध्यक्ष प्रचण्ड निकटकै मानिन्छन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.