रिनाको हत्यारालाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध, स्थानीय र प्रहरीबीच झडप

विराटनगर ।  रिना बस्नेतको हत्यारालाई कारबाहीको माग राख्दै  स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि उक्त राजमार्ग खुलाउने क्रममा स्थानीय र प्रहरी बीच झडप भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नंं. १ की बस्नेतको हत्यारालाई खोजी कडा कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयले पथरी बजार बन्द गराउनुका साथै पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेपछि प्रहरीले २८ राउण्ड अश्रु ग्याँस प्रहार गरेको हो । ।

मंगलबार बिहान ११ बजे देखि बन्द रहेको राजमार्ग खुलाउने क्रममा अश्रु ग्याँस प्रहार गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बन्दकर्ताहरुले इलाका प्रहरी कार्यालयमा समेत तोडफोड गर्न थालेपछि अश्रुग्याँस प्रहार गरेको प्रहरी बताएको छ । झडपमा दुई जना सर्वसाधारण र तीन जना प्रहरी घाइते भएको बताइएको छ । बन्दकर्ताहरुले सोमवार पनि डेढ घण्टा राजमार्ग बन्द गराएका थिए ।

झडपपछि राजमार्ग सञ्चालनमा आएको छ । तीन दिन अघि रहस्यमय तरिकाले मृत्यु भएकी रिना बस्नेतको हत्या भएको भन्दै पथरी शनिश्चरेका स्थानीयहरु आन्दोलित भएका हुन् । उनको शव निर्वस्त्र अवस्थामा डेरा अगाडि सडकमा फेला परेको थियो । घटना बारे जानकारी लिन एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

Back to top button