७ किलो सुनसहित एकजना पक्राउ


काठमाडौं । प्रहरीले रसुवाको टिमुरेबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले पुष्टि गरे ।



मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको उनले बताए
स्रोतका अनुसार ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।
उता प्रधानमन्त्री भने सुन चोरि निकासी हुने मुल ढोकानै बन्द गरेको बताउँदै आएका छन् ।