नेपाली नागरिकता लिन खोज्ने पक्राउ

काठमाडौं ।  नेपाली नागरिकता बनाउन झापा प्रशासन पुगेका भारत आसाम राज्यका ३६ वर्षीय भुपाल गुरुङ मंगलबार पक्राउ परेका छन् । उनलाई भतिजा भनेर सनाखत गर्न जिल्ला प्रशासन पुगेका झापा कचनाकवल गाउँपालिका, २ का ५५ वर्षीय बमबहादुर गुरुङसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आसामको कानकोपी जिल्ला घर भएका भुपालको साथमा रहेको भारतीय भोटर परिचय पत्रसमेत बरामद भएको झापाका डिएसपी महेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भुपालको औलामा भारतमा भर्खरै भएको निर्वाचमा मतदान गर्दा लगाएको मसीसमेत गएको छैन ।

प्रशासनले नागरिकता लिनका लागि भुपालले ल्याएको कागजात हेरेर संलग्न अन्यलाई पनि कारबाहीको दायरामा ल्याउने श्रेष्ठले जानकारी दिए । ‘नागरिकता लिनका लागि तयार पारेको सबै कागजातअनुसार अनुसन्धान अघि बढाउँछौँ,’ उनले भने, ‘मुद्दा दर्ता गरेर संलग्नलाई कारबाहीको प्रकृया अघि बढ्छ ।’

सम्बन्धित खवर

Back to top button