अध्यक्ष प्रचण्ड भन्छन् – जनताको चाहना अनुसारनै पार्टी अगाडी बढ्छ

काठमाडौं ।    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनचाहना बमोजिम नै पार्टी विकास र एकतामा अगाडी बढ्ने बताउनु भएको छ । ललितपुरको सिद्धिमंगल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी नेतृत्वप्रति जनतामा पर्न गएको भ्रमको अन्त्य हुने बताउनु भएको हो ।
पार्टीको नेतृत्वमा रहेको सरकारले समस्याको विचमा रहेर काम गर्नुपरेको कारणले सोचेअनुसार विकास निर्माणका काम गर्न सकैनौँ, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले एकता विषयमा जनताका के हुने हो भन्ने स्थिती हटाउन एकता सम्बन्धी नयाँ कदम अगाडी बढीको बताउनु भयो । एकताको कामलाई सकेसम्म छोटो समयमा नै सक्काउन गृहकार्य भईरहेको भन्दै उहाँले भन्नुभयो, पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुर्धाछौँ ।

सम्बन्धित खवर

Back to top button