satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

एक मन्त्रीले दिए आफ्ना दाजुलाई २३ योजना

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख १४ मा प्रकाशित
464
एक मन्त्रीले दिए आफ्ना दाजुलाई २३ योजना

जनकपुर १४ बैशाख । यहाँका एक मन्त्रीले आफ्ना दाजुलाई २३ योजना सुम्पेका छन् । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना आफ्ना दाजु श्यामनन्दन यादवलाई सुम्पेका हुन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। कान्तिपुरलाई प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन् ।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी–४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन् ।

यस्तै सिरहाको महेशपुरस्थित आधारभूत विद्यालयको पर्खाल निर्माणका लागि १० लाख, इँटाटारको आधारभूत विद्यालयको भवन र पर्खाल बनाउन ५० लाख, बरियापटी–२ स्थित खोक्सी मदरसाका लागि १० लाख, औरहीको सुन्दर जनता माविका लागि ५० लाख, तेनिवाकट्टीमा कब्रिस्तानको पर्खाल बनाउन ५ लाख र सिरहामा रमेश महतो स्मृति मावि फुलबरियाको पर्खाल बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सांसदहरूसँग पनि रहेको यो फारमबारे मन्त्रालयले भने अनभिज्ञता जनाएको छ । मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले मन्त्रालयमा भर्खरै आएकाले चौमासिक विभाजन फारमबारे आफूलाई जानकारी नरहेको बताए । प्रदेशसभामा कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले नामै किटेर बजेट जिल्ला पठाइएको आरोप लगाएका थिए ।

मन्त्री यादवकै सिफारिसमा श्यामनन्दनले पाउने गरी सिरहा–१६ माडरमा दुर्गामाता धर्मशालाका लागि १० लाख, सिरहा–२ मा अतिथि सदन निर्माणका लागि ५० लाख रुपैयाँ पुँजीगत बजेटअन्तर्गत विनियोजन गरिएको छ । यस्तै चालु खर्चअन्तर्गत सिरहाको नवराजपुर(३ स्थित दलित उत्पीडित जनजाति आधारभूत विद्यालयको भवन, पर्खाल र शौचालय निर्माणका लागि २० लाख, मिर्जापुरमा सहिद प्रमोद सदाय स्मृति विद्यालयका लागि १५ लाख, बरियापटीमा शिव मन्दिरका लागि १० लाख, डाकनेश्वरी–६ मा सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँका योजनामा पनि यादवको सिफारिसमा श्यामनन्दनलाई सम्पर्कव्यक्ति तोकिएको छ ।

श्यामनन्दन सिरहाको औरही माविका शिक्षक हुन् । उनले भने योजनामा आफ्नो नाम र नम्बर उल्लेख भएकोमा अनभिज्ञता दर्शाए । ’सामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, मलाई थाहा छैन,’ उनले बिहीबार कान्तिपुरसँग भने, ’अहिलेसम्म कसैले सम्पर्क पनि गरेको छैन् । उपभोक्ता समितिले पनि मसँग कुनै सम्पर्क गरेको छैन ।’

नेकपाका सांसद दिलीप साहले बजेट रकमान्तर गरेर व्यक्तिको नामै किटेर योजना पठाउनु विकासका लागि नभई आफ्न्त र कार्यकर्ता खुसी पार्ने काम मात्र भएको बताएका छन् ।

सिरहाको तनुवाकटीमा जनकल्याण युवा क्लबद्वारा सञ्चालित शिव मन्दिरको पर्खाल निर्माणका लागि २५ लाख, करमनियामा अवधि–फेकनी आधारभूत विद्यालयका लागि २५ लाख, विष्णुकटीमा तुलसीराम सत्यभामा डोटेल माविका लागि २० लाख, कृष्णपुर अर्नामा माविका लागि १० लाख, सिरहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा विकास गर्न भौतिक पूर्वाधार, उपकरण र औजारमा अनुदानबापत ५० लाख, सिरहाको थाना चोक फुलबरिया र जगतपुरको बीचमा सहिद रमेश महतो द्वार निर्माणका लागि १० लाख र लहान बाल अस्पतालको भवन र पर्खाल निर्माणका लागि २५ लाख रुपैयाँका योजना श्यामनन्दनका नाममा छन् ।

कान्तिपुरका अनुसार- मन्त्री यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतको कागजात रहेकाले आफूलाई त्यसबारे केही थाहा नभएको बताए । ’त्यसबारे सामाजिक विकास मन्त्रालयसँगै सोध्नुस् । मेरो नाम किन राख्यो ? मलाई थाह भएन,’ उनले भने ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ बैशाख १४
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ बैशाख १४
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ बैशाख १४
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ बैशाख १४
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ बैशाख १४
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ बैशाख १४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ बैशाख १४
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ बैशाख १४

das beste Casino Deutschlands

२०७६ बैशाख १४

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ बैशाख १४

Avast Free Review Windows

२०७६ बैशाख १४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.