सरकारी छाप किर्ते गरेको अभियोगमा इन्जिनियर गोइत पक्राउ

सिरहा ।  पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सदरमुकामस्थित सरकारी निवासबाट उनलाई सिरहा प्रहरीले पक्राउ गरी सप्तरी पठाइएको छ ।

सप्तरीबाट पक्राउ गरी पठाउन पत्राचार आएपछि निवासबाटै पक्राउ गरिएको सिरहा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको एसपी श्रेष्ठले बताए ।

सम्बन्धित खवर

Back to top button