satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

बीआरआईमा नेपालको प्रस्ताव पारित, नेपाल र चीन झन् नजिक

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
536
बीआरआईमा नेपालको प्रस्ताव पारित, नेपाल र चीन झन् नजिक

बेइजिङ ।   चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।

बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।

शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।

ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने नेपालको प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएको छ ।
‘एनेक्स’को २३ औं बुँदामा भनिएको छ( ‘नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल(चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’

बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ ।

त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।

चीनको बीआरआई परियोजनामा नेपालले यसअघि नै सैद्धान्तिक सहमति जनाइसकेको भएता पनि यो परियोजनाभित्र नेपाललाई कसरी समेटिने छ भन्ने स्पष्ट भएको थिएन । तर, शनिबार सम्पन्न गोलमेच बैठकले अब नेपाल(चीन कनेक्टिभिटीलाई औपचारिकरुपमै बीआरआईमा समेटेको छ ।

ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने प्रस्ताव नेपालले राख्दै आएको थियो । नेपालको यो प्रस्तावलाई ‘एनेक्स’ मा सूचीकृत गर्न चीन तयार भएसँगै अब यसलाई नेपालको प्रस्ताव मान्य भएको अर्थमा बुझ्न सकिन्छ । यसबाट अब नेपाल औपचारिक एवं ठोस प्रोजेक्टका साथ बीआरआईमा जोडिएको छ । र, अब नेपाल र चीन एक आपसमा झन् नजिक बनेका छन् ।

फलस्वरुप नेपालले तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको प्रतिवछता दोर्होयाउँदै एक चीन नीतिप्रति आफ्नो कटिवद्धतालाई चिनियाँ नेतृत्वसमक्ष थप आश्वस्त पारेको छ भने चिनियाँ अधिकारीहरुले पनि समृत नेपाल सुशी नेपालीको अभियानमा चीनलाई सम्झन भनेका छन् ।

ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ । सम्मेलनलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । त्यसैगरी जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन एवं उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको भण्डारीेले बताइन् ।

चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा चिनियाँ पक्षले नेपालको जलवायु परिवर्तनको क्षेत्रमा चासो देखाएको राष्ट्रपति भण्डारीलाई उधृत गर्दै नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनसँगको सम्बन्ध राजनीति र अर्थतन्त्रमा पनि विस्तार भयोः परराष्ट्रमन्त्री

यसैवीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनवीच हजारौं वर्षदेखि रहँदै आएको सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका छन् ।

बेइजिङस्थित नेपाली दूताबासले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिग रहेको बताए । उनले चीनले ‘सुधार र खुलापन’ पछिको ४० वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गरे ।

दूतावासद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले औपचारिक मन्तव्य नदिए पनि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपतिका तर्फबाट मन्तव्य दिएका थिए ।

यसक्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि जिनपिङवीचको भेटमा भएका कुराकानीबारे जानकारी गराउँदै भने, सुखी नेपाली र समृद्ध नेपालको नारामा चीनले सहयोग गर्न तयार छ, यसमा चीनलाई सम्झनोस् ।’

नेपालले चीनसँगको सम्वन्धलाई उच्च महत्व दिएको छ भन्दै विकासको साझा प्रयासमा नेपाल र चीन अझ जोडिने विश्वाससमेत मन्त्री ज्ञवालीले व्यक्त गरे । राष्ट्रपतिको तर्फबाट परराष्ट्र मन्त्रीले व्यक्त गरेको भाषणमा चीनको विकासलाई ‘मानव सभ्यताको चमत्कार’ समेत भनिएको छ ।

चीन नेपालको सुखदुखको साथी हो र नेपालको सार्वभौम सत्तालाई चीनले सम्मान गरेको छ भन्दै मन्त्री ज्ञवालीले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । तिब्बत र ताइवान चीनको अभिन्न अंग हो भन्नेमा नेपाल अविचलित रहेको मन्त्री ज्ञवालीले बताए ।

ट्रान्स हिमालय कनेक्टिभिटीको सन्दर्भमा काम गर्न चीन तयार भएको र सि जिनपिङले जलवायु परिवर्तनका लागि काम गर्ने चासो देखाएकाले गर्दा नेपाल र चीन अब थप नजिक आउने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे ।

राजदूत लीलामणि पौडेलले स्वागत गर्दै नेपाल र चीनवीचको सम्बन्ध सुमधुर बनिरहेको बताए । चीनस्थित नेपाली दूताबासले नेपालको पर्यटन, शिक्षा लगायतका क्षेत्रमा निरन्तर काम गरेको बताए ।

दूताबासले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति थियो ।

अनलाइनखबरका अनुसार मन्त्रीहरु मात्रिका यादव, रघुवीर महासेठ राजदूताबासको रात्री भोजमा सरिक थिएनन् । चीन भ्रमणमा रहेका माधव नेपाल पनि स्वदेश फर्किइसकेका कारण दूताबासको रात्रीभोजमा देखिएनन् । महिला तथा वालवालिका मन्त्री थममाया थापा भने दूताबासको कार्यक्रममा उपस्थित थिइन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.