नेपालगंज । शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागी नेपालगजमा शैक्षिक चलचित्र निर्माण हुदैछ । रोचक कथा बस्तु एवम कलाकारीको माध्यायम बाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उदेश्यका साथ चलचित्र निर्माण गर्ने ।
लागको चलचित्र लेखक तथा निर्र्देशक बिपिन खड्काले जानकारी गराउनु भयो । खड्काका अनुसार हरेक पेषा व्यवसायहरुका बालबालिकाहरु अध्यायन गर्ने र सबै भन्दा महत्वपुर्ण समय विताउने शैक्षिक सास्थाहरुलाई गुणस्तर एवम व्यवहारिक शिक्षाको लागी खबरदारी गर्नु, सल्लाह सुजाव दिनु तपाइ हामी सबैको कर्तव्य हो । यस कारण उज्यालो अभियान मिडिया प्रा.लि. नेपालगंजले बाँके जिल्लालाई शैक्षिक हव बनाउन बिभिन्न शिक्षा प्रेमी, बौद्धिक व्यक्तिहरुसंगको सहकार्य तथा सल्लाह सुजावको आधारमा शैक्षिक चलचित्र निर्माण हुदै छ ।
सरल तथा रोचक कथा बस्तुको प्रयोग गरी शिक्षा क्षेत्रमा देखियका बिभिन्न बिकृति बिसंगती हटाउदै शिक्षकलाई आफ्नो पेशा प्रति बढि जिम्मेवार बनाउन, विद्यार्थीहरुलाई आफ्नो शिक्षा र भविष्य प्रति सजग र सचेत बनाउन, अभिभावकलाई आफ्ना सन्तान अध्यान गरिरहेको बिद्यालयमा बेला मौकामा खोज खबर गर्ने बानिको बिकास गराउन, राज्यलाई शैक्षिक निति निर्माणसंगै प्रभावकारी अनुगमन एवम निगरानी गर्न दवाब दिने यस चलचित्रको उदेश्य रहेको छ । चलचित्र हेरिसके पछि हरेक नागरिक एवम विद्यार्थी, अभिभावक, शिक्षकहरुको व्यवहार मा सकारात्मक परिवर्तण ल्याने निर्देशक खड्काको भनाइछ ।
अवको केही दिनमै शैक्षिक चलचित्रको लागी नयाँ कलाकारहरुको अडिशन लिने लेखक तथा निर्देशक बिपिनक खड्काले जानकारी गराउनु भयो । चलचित्र निर्माताहरुको एक समिति निर्माण कार्य अन्तिम तरण मा पुगेको छ । २० गते सम्म निर्माता समिति निर्माण गरी चलचित्रको गीत तथा राष्ट्रिय स्तरमा चलेका केही चर्चिक अभिनेत्रीहसंग सम्झतैता गर्ने जानकारी गाराउनु भयो । चलचित्रको छायाँकन यही जेठ बाट गरीने छ । चलचित्र देशका बिभिन्न हलहरुमा प्रद्धशन एवम च्यारेटि शो गरिने छ । बिदेशहरुमा पनि चलचित्र प्रद्धशन गरिने छ र देशका बिभिन्न स्कुल तथा क्यमम्पसहरुमा चलचित्र प्रद्धशन गरिने चलचित्रका लेखक तथा निर्देशक बिपिन खड्काले जानकारी गराउनु भयो ।
चलचित्र निर्माणका लागी आवश्यक सबै प्राबिधिक उपकरण र प्राभिधिक टिम काठमान्डौँ बाट आउने छन । चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका प्राबिधिक टिम बाट यो चलचित्र छायाँकन गरिने छ ।