satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

मोदीलाई एक्कासि तेजबहादुरको चूनौती

उम्मेद्वारीलगत्तै केजरीवालको बधाई

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख १८ मा प्रकाशित
452
मोदीलाई एक्कासि तेजबहादुरको चूनौती

एजेन्सी ।  शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वराणसमा लोकसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरिरहँदा उनका सामू एक कडा चुनौती थियो । त्यहाँको समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनको तर्फबाट शालिनी यादव उम्मेद्वारको रुपमा रहेकी थिइन् । तर सोमबार सो गठबन्धनले एकाएक उम्मेद्वार परिवर्तन गरेपछि अहिले नयाँ बहस सृजना भएको छ । सो गठबन्धनले सेनाका एक जवानलाई एकाएक उम्मेद्वारका रुपमा अघि सारेको छ ।

विएसएफले केही वर्ष अघि बर्खास्त गरेका जवान तेजबहादुर यादव उम्मेद्वारको रुपमा अघि आएका छन् । गठबन्धनले यादवलाई उम्मेद्वारको रुपमा अघि सारेलगत्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गठबन्धन नेतृत्वलाई बधाई दिएका छन् ।

सन् २०१४ मा केजरीवालले वनारसमा मोदीलाई चुनौती दिएका थिए तर उनी त्यसबेला त्यहाँबाट पराजित भएका थिए । तेजबहादुर यादव तिनै जवान जो २ वर्षअघि फौजभित्रको खाद्यान्नको समस्यालाई उठान गर्दा कार्वाहीमा परेका थिए । उनले बोलेको भिडियो सञ्चारमाध्यामहरुमा भाइरल बनेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा राष्ट्रवाद, देशभक्ति र सेनाका बारेमा उल्लेख गर्न भुलेका छैनन् । उनी अधिकांश बेला आफ्नो सेना मजबुत रहेको बताउँछन् । सोही बलमा सर्जिकल स्ट्राइक र एयर स्ट्राइकलाई कामयाबी बनाउन सकिएको भन्ने छ ।

बनारसको चुनावी मैदानमा अहिले प्रधानमन्त्री मोदीका विरुद्धमा काँग्रेस आईका उम्मेद्वार अजय राय पनि चुनौतीका रुपमा उदाएका छन् । रिटायर्ड जवान तेजबहादुर र रायले मोदीलाई कति चुनौती दिन सक्छन् त्यो त अबको करिब ३ हप्ताभित्र देखिनेछ । वनारसमा मे १९ मा निर्वाचन हुँदैछ ।

दुई वर्षअघि सामाजिक सञ्जाल र सञ्चारमाध्याममा तेजबहादुरले बोलेको भिडियो भाइरल बनेको थियो । उनले फौजीलाई गुणस्तरीय खाना उपलब्ध नगराएकोे भन्ने उनको अभिव्यक्तिसहित भिडियो भाइरले भएपछि राजनीतिक रुपमा समेत हलचल मच्चिएको थियो ।

उनले आफुहरुको आवाज कसैले नसुन्ने र गृहमन्त्रालयले पनि त्यसको सुनुवाई नगरेको आरोप लगाएका थिए । फौजीमा गुणस्तरहिन खाद्यान्नको सवाल उठेपछि विएसएफले जाँचबुझ समिति गठन गरेको थियो । त्यसलगत्तै यादव कार्वाहीमा परेका थिए ।

हरियाणाका यादव अहिले राजनीतिमा सक्रिय छन् । हरियाणाका तेजबहादुर आखिर वनारसबाट किन उम्मेद्वार बने ? यो प्रश्नमा उनले प्रधानमन्त्री मोदीले सेनाभित्र राजनीति गर्ने गरेको र उनलाई हराउनकै लागि निर्वाचन लड्न लागेको बताए ।

तेजबहादुरले भने, म काशी विश्वनाथसँग यही प्राथना गर्छु, म नक्कली चौकीदारलाई हराएरै छाडौं । जो व्यक्ति सेनाभित्र राजनीति गर्छन्, उनलाई म चुनौती दिन चाहन्छु । मोदीले हाम्रो फौजको नाम बदनाम गरिदिए । जसका कारण जवानको हौसला कमजोर भएको छ ।’ उरी हमलापछि सेनाले गरेको सर्जिकल स्ट्राइक र यही साल पुलुवा हमलापछि वायुसेनाले गरेको एयर स्ट्राइकको श्रेय भाजपा नेता कार्यकर्ता र प्रधानमन्त्री मोदीले लिने गरेका छन् ।

सोही मौकामा प्रधानमन्त्री मोदीले अघिल्ला सरकारहरुलाई सेनालाई सहयोग नगरेको आरोप लगाउने गरेका छन् । त्यही कारण देशमा धेरै आक्रमण हुने गरेको समेत उनले आरोप लगाउने गरेका छन् ।
यसबारे तेजबहादुर यादव भन्छन्, ‘यो होइन कि देशको सेनाले पहिलो पटक सर्जिकल र एयर स्ट्राइक गरेको हो, यसभन्दा पहिले पनि सेनाले यो काम गर्दै आएको थियो । तर यसरी सेनाभित्र राजनीति भने हुने गरेको थिएन । त्यो राजनीति थिएन । अहिलेको सरकार सेनाभित्र राजनीति गरिरहेको छ, त्यही भएर यसको जवाफ दिन म चुनावी मैदानमा आएको हुँ ।’ तेजबहादुरले भने, ‘जबसम्म देशका जवान संसदमा पुग्दैनन्, तबसम्म यो देश बचाउन सकिँदैन ।’

पुलवामा किन र कसले गर्यो हमला ?

प्रधानमन्त्री मोदी दोश्रो तहका भारतीय नेताहरुले चुनावी र्यालीमा भन्ने गरेका छन् कि मोदीको नेतृत्वमा भारत निकै बलियो भएको छ । यो सवालमा तेजबहादुरले भनेका छन्, ‘यदि भारत निकै बलियो भएको हो भने पुलवामा कसले र कसरी आक्रमण भयो ?’ उनले भने, ‘यदि प्रधानमन्त्री मोदी र उनको नेतृत्वको डर अरु देशलाई हुँदो हो त पुलवामा किन र कसले आक्रमण गर्यो ? आजसम्म यति ठूलो हमला सेनामाथि कहिल्यै भएको थिएन ।’

आखिर को हो सक्कली चौकीदार ?

जवान तेजबहादुरले आफ्नो चुनावी प्रचार प्रसारको पोष्टरमा आफुलाई देशको असली चौकीदार दाबी गरेका छन् । उनले प्रधानमन्त्री मोदीले चुनावकै मुखमा दिएको ‘आफु देशको चौकीदार’ भन्ने नारा नक्कली भएको समेत दाबी गरेका छन् । उनले भनेका छन्, यत्रो वर्ष सीमाको चौकीदारी मैले गरे, त्यसैले म यो देशको असली चौकीदार हुँ ।’

उनले मोदीसँग जोडिएको रफाल मामलालाई समेत जोड्न भ्याएका छन् । उनले भनेमन छन्, मोदीजी आफुलाई देशको असल चौकीदार भन्नुहुन्छ तर रफाल घोटालाको फाइलचाहि कसले चोर्यो नि । यसमा निरव मोदी लगायतका तमाम व्यक्तिहरु भागिसकेका छन्, आखिर उनी कसरी चौकीदार भए ?’ यादवले आफ्ना केही समर्थक फौजी साथीहरु पनि बनारस आउन लागेको जानकारी दिएका छन् ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७६ बैशाख १८
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७६ बैशाख १८
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ बैशाख १८

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७६ बैशाख १८

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७६ बैशाख १८
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७६ बैशाख १८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ बैशाख १८
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ बैशाख १८
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ बैशाख १८
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ बैशाख १८

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ बैशाख १८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.