लागुऔषधको डिलर सञ्चालक ललितपुरबाट पक्राउ

ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोले उपत्यकाका तीनै वटा जिल्लामा लागुऔषधका डिलर सञ्चालन गर्ने कृतन लामालाई पक्राउ गरेको छ । २८ वर्षीय लामा ललितपुर महानगरपालिकाको १४ वडा सामपांग चोकमा बस्दै आएका थिए ।
मोटरसाइकल पछाडि बसेर जाँदै गरेको अवस्थामा प्रहरीले खानतलासी गर्दा लागुऔषध भेटेको हो। उनले लगाएको जिन्स पाइन्ट र ज्याकेटको खल्तीबाट डाइजाल्याब ४, एम्पुल फेनारगन ४, नुफिन ४ बरामाद गरेको वृत्तका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनको साथबाट एक लाख १५ हजार ४० रुपैयाँ पैसा भेटिएको थियो ।
त्यस्तै उनी चढेको मोटरसाइकल चलाएर जाँदै गर्दा कोटेश्वरका ३२ का २१ वर्षीय अभिषेक केसी पनि पक्राउ परेका छन् । प्रहरीले सोधपुछ गर्दा लामाको लागुऔषध डिलर रहेको खुलेको हो । ‘ललितपुर, काठमाडौं र भक्तपुरमा डिलर चलाएको स्वीकार गरे’, प्रमुख मिश्रले भने, ‘१४ गतेदेखि लागु हुने गरी ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।’

सम्बन्धित खवर

Back to top button