बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधबार राती करिब ९ बजेतिर जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं. ५ का उक्त जीपका सहचालक १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो ।
थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद चालक मात्र नभएर उक्त जीपको मालिक समेत रहेको पाइएको छ । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बडेको छ । यही बैसाखको ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।