पोखरा । गोरखामा केटी जिस्क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्तीले केटी जिस्क्याएको आरोपमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको हो ।
घरबेटीबाट कुटपिट भएका घाइते जन्ती कुमाललाई तत्काल उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा लिइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरखाका एसपी भोला रावलसहितको टोली आजै घटनाको अनुसन्धानका लागि पालुङटार लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘घटनाको थप अनुसन्धानको लागि मेरै नेतृत्वमा प्रहरीको टोली पालुङटार आएको छ’ एसपी रावलले भने ।
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...