बुटवलमा टिपरको ठक्करबाट १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु

बुटवल ।  बुटवलको जितगढीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बुटवल उपहानगरपालिका–१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्वरको मोटरसाइकलमा सवार भण्डारीलाई बुटवलबाटै पश्चिमतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको जनाइएको छ ।

बुवा घनश्याम भण्डारीले मोटरसाइकल चलाएको र छोरी पुष्पा मोटरसाइकलको पछाडि बसेको अवस्थामा टिपरले उनीहरूलाई पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करबाट छोरी पुष्पाको घटनास्थलमै ज्यान गए पनि बुवा घनश्याम भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर

Back to top button