वैशाखबाटै चक्रपथमा सुविधायुक्त विद्युतीय गाडी चल्ने

काठमाडौं ।  काठमाडौं उपत्यकाको चक्रपथ विद्युतीय गाडी चल्ने भएको छ । सुन्दर यातायात प्रालिले यही वैशाख भित्रै चक्रपथमा विद्युतीय गाडी संचालनमा ल्याउने तयारी थालेको जनाएको छ । नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतीय गाडी संचालन अन्तिम चरणमा पु्गेको प्रालिले जनाएको छ ।

हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने जानकारी दिइएको छ । सुरुवाती चरणमा चक्रपथमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ । प्रालिले चक्रपथ भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ ।

भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने कम्पनीले जनाएको छ । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ ।

सम्बन्धित खवर

Back to top button