यसरी आइरहेको छ भारतमा ‘फानी’
काठमाडाैं । समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रवार बिहान प्रवेश गरेको छ । बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।
आँधीको प्रभावले त्यहाँ वर्षा भइरहेको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ । तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ । उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

हेर्नुस लाइभ भिडियो
The sound and the fury : here's what the landfall at Puri by #CycloneFani actually looked like..
Video by @PIBBhubaneswar pic.twitter.com/4GpvKFkRQ3
— PIB India (@PIB_India) May 3, 2019