काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्ष नेपालको इतिहासकै तीव्र विकासको बर्ष हुने बताएकी छन् । सरकारका तर्फबाट संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् । उनले समृद्धिका लागि गत बर्ष उपलव्धि र उत्साहवद्र्धक रहेको भन्दै पहिलो बर्ष सुशासन र सम्बृद्धिको आधार तय भएको बताइन् ।
नीति तथा कार्यक्रममा अव सरकार सवैसँग सहकार्य गर्दै सवै क्षेत्रहरुमा उत्कृष्ट उपलव्धि हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख छ । त्यस्तै नीति तथा कार्यक्रममा सरकारले लिएको राष्ट्रिय अभियानमा सवै राजनीतिक दल र सरोकारवालाहरुको साथ, सहयोग र सहकार्यका लागि आह्वान गरेको छ । सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘बारीका पाटा, हुन्छन् हराभरा’ अभियान सञ्चालन गरिने
सरकारले ‘बारीका पाटा, हुन्छन् हराभरा’ अभियान सञ्चालन गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताउएकी हुन् । उनले कृषकलाई कृषिमा प्रोत्साहन गर्न पहाडी जिल्लाका बारीहरुमा विभिन्न बालीहरु लगाएर हराभरा बनाउने अभियान सञ्चालन गरिने बताउएकी हुन् । सहकारी संस्थाको नेतृत्वमा कृषिमा आधुनिकिकरण, बजारीकरणका कदमहरु चालिने उ सम्बोधनमा उल्लेख छ । सम्बोधनमा अब कृषकहरुका लागि सिँचाइको उचित व्यवस्था गरिनेछ समेत उल्लेख गरिएको छ ।