के-के छन् ? हेर्नुहोस् ! सरकारका नीति तथा कार्यक्रम

काठमाडौं ।  सरकारले आगामी वर्षमा दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ ।

यस्ता छन् नीति तथा कार्यक्रमहरुः
एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ । आगामी आर्थिक वर्षबाट २५ वर्षे दीर्घकालिन सोच सहित पन्ध्रौं योजना लागू गर्ने घोषणा । आगामी चार वर्षमै दोहोरो अंक (१० प्रतिशत भन्दा माथी) को आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा । ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न । आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने । पाँच लाख रोजगारी सिर्जना गर्ने । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने । लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ । उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ । आगामी वर्ष सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना । सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गरिने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । हाल २१ घण्टा मात्रै सञ्चालनमा छ । नदी किनारका जमिन, राजमार्गका सडक किनारा, खेतवारीका काल्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने । विद्यालय वा विश्वविद्यालयका जमिन पनि प्रयोग लगानइने ।

आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरिने । सहकारीलाई उद्यमशिलता विकास र कृषिको आधुनिकिकरणमा परिचालन गरिने । सहकारीको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रम ल्याइने । सडक सुरक्षा, पर्खाल सहितको सडक बनाइने । सकरारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने । मौजुदा तथा निर्माणधीन सडकमा सुरुङमार्ग बनाइ लागत घटाइने । हुम्ला र डोल्पा जिल्लासम्म सडक र्पुयाउने घोषणा । सम्पुर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने । काठमाडौंलाई चीन र भारतसँग जोड्ने रेलमार्गको निर्माण कार्य दुई वर्ष भित्र सुरु गर्ने । ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने। आगामी वर्ष मात्रै एक हजार विद्युत उत्पादन गर्ने घोषणा । आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याउने । सामाजिक सुरक्षा रकम वृद्धि गर्ने घोषणा। नीति तथा कार्यक्रमबाट वृद्ध भत्ता रकम घोषणा यो पहिलोपटक भएको हो । आगामी ४ वर्षभित्रै बायोमेट्रिक सूचना प्रणालीको राष्ट्रिय परिचयपत्र वितरण गरिने। सबै विवरण यसमा समावेश गर्ने ।

सबै आर्थिक कारोवार बैंकिङ प्रणालीबाट मात्रै गर्ने व्यवस्था गर्ने। हाल १० लाख रुपैयाँ भन्दा बढीको कारोबारलाई बैंकिङ प्रणाली अनिवार्य गरिएको छ । सार्वजनिक सवारीसाधनमा यात्राकार्ड लागु गर्ने। ठूला सवारीसाधन सञ्चालनमा प्रोत्साहित गर्ने । हाल ४० सिट भन्दा बढी क्षमताका सवारीसाधन आयातमा भन्सार छुटको व्यवस्था छ । विद्युतीय सवारीसाधन प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन बनाइने । आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपालको घोषणा । आगामी आर्थिक वर्ष्भित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने । आगामी वर्षभित्र भत्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन निर्माण सुरु गरिने । विकास सहायतालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने । रेमिट्यान्सलाई औपचारिक प्रणालीबाट मात्रै भित्र्याउने घोषणा । सबै प्रकारका आर्थिक प्रणालीको मौद्रिककीकरण गरिने । परराष्ट्र नीतिलाई सुदृढ बनाउन बौद्धिक क्षेत्रमा सगरमाथा संवाद कार्यक्रम सुरु गरिने । स्थानीय कच्चापदार्थमा आधारित लघु घरेलु उद्योगलाई प्रोत्साहन गरिने । चोभारको अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चालनमा ल्याइने । पेट्रोलियम पाइपलाइनबाट आगामी वर्ष पेट्रोलियम पदार्थ आयात गरिने । कृषकहरुलाई समयमै उन्नत मल बीउ उपलब्ध गराउने प्रतिवद्धता । विषादीजन्द पदार्थको नियमन र अनुगमनका लागि विशेष व्यवस्था गरिने । युवाहरुलाई कृषिमा आकषिर्त गर्ने कार्यक्रम ल्याइने। कृषिलाई उद्योगको रुपमा विकास गर्ने । अतिक्रमित जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने । सार्वजनिक जग्गामा अतिक्रमण हटाइने । अतिक्रमण गर्नेमाथी छानविन र कारवाहीको घोषणा । रामायण सर्किट अन्तर्गतको सडक निर्माणलाई प्राथमिकता दिइने ।

गुणस्तरीय पर्यटक भित्र्याउन सेवाको गुणस्तर वृद्धि गर्ने। पर्यटक भित्र्याउन विन्नि देशसँग हवाई सेवा सम्झौता गर्ने । नयाँ हवाई रुटका लागि छिमेकी राष्ट्रसँग सम्झौता गरिने । सार्वजनिक सहरमा सवारी साधन व्यवस्थित गर्न प्रमुख सहरमा बहुतले पार्किंङ भवन बनाइने । सर्वाजनिक सवारीले जाँच गराउन फिटनेश सेन्टर बनाइने। त्यस्तो सेन्टरमा सार्वजनिक सवारीसाधनले अनिवार्य परीक्षण गराउनुपर्ने । जोखिमयुक्त वस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षियत स्थानमा आवासको व्यवस्था गरिने । काठमाडौ उपत्यकामा ३ हजार अट्ने क्षमताको सम्मेलन केन्द्र निर्माण गरिने। तीन वर्ष्भित्र ५ हजार अट्ने सम्मेलन केन्द्र निर्माण। सबै प्रदेशमा सम्मेलन केन्द्र निर्माणको प्रारम्भिक काम गर्ने । सिनेमा पर्यटन प्रवर्द्धन गर्ने। छायांकन गर्न नेपाल आउने विदेशीहरुका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने । आगामी दुई वर्ष्भित्र पुनिनिर्माण कार्य सक्ने घोषणा । आगामी दुई वर्ष्भित्रमा प्राविधिक विद्यालय सञ्चालन गरिने । सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिने ।

सम्बन्धित खवर

Back to top button