मुक्तिनाथको दर्शन गर्दै जान्नुहोस् तपाइँको आज
आज वि.सं.२०७६ बैशाख २८ गते शनिवारको राशिफल
(ज्यो.प. नारायणप्रसाद दुलाल)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर प्रति रुचि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मंगल कार्यको योगछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्नेछ ।
यद्यपी,
तपाईंको भाग्यको निर्धारण तपाको आफ्नै सकारात्मक सोच, लगनशीलता, लक्ष्यप्रती दृढ र निरन्तरको कर्मले गर्नेछ । राशिफल कुरा धर्मप्रतिको विश्वास मात्रै हो ।