यसरी मनाइयाे शताब्दी पुरूष सत्यमोहन जोशीको एकसयौं जन्मोत्सव

ललितपुर । इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ ।

शताब्दी पुरुष जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् । जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् ।
नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको छ ।

बग्गीको सवारीअघि उनको घरमा आयोजना गरिएको कार्यक्रममा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद दिएका थिए ।

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदासमेत दिएको छ ।

हाम्राे पनि अशेष शुभकामना ।

 

सम्बन्धित खवर

Back to top button