यसरी दिए गगन थापाले अर्थमन्त्रीलाई चुनौती

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री युवराज खतिवडालाई गत वर्षको बजेटलाई लिएर सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे भेटाइदिन चुनौती दिएका छन् ।

संसदमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको २०७६र७७ सालको बजेटको सिद्धान्त र कार्यक्रममाथि टिप्पणी गर्दै थापाले सरकारले अनुकूलतामा पनि काम गर्न नसकेको बताए ।

’नेपालमा कम्युनिस्ट पार्टीको पाँच वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार छ । यस्तो अनुकूलकता भएको सरकार यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ, भ्यागुता जस्तो उफ्रने आर्थिक वृद्धिको अपेक्षा हुनु स्वभाविक हो’, थापाले भने, ’गएको एक वर्षमा के भयो । मन्त्रीको दाबी छ गज्जबै गज्जब भयो । संविधान कार्यान्वयन उत्कृष्ट रह्यो । रोजगारी वृद्धि भयो । बजेटमा अनुशासन कायम भयो सुशासन र विकास भयो । राम्रैराम्रो भयो । हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो । तर म चुनौतीका साथ भन्न चाहान्छु ( एकपटक नेपाल घुमौं । प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदूर, उद्यमी, व्यवसायी नयाँ पुरानो कसैलाई पनि भेटौं र सोधौं । यो मेरा लागि सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे तपाईंले मलाई भेटाइदिनुहोस् ।’

उनले लक्षित राजस्व संकलन नभएको, आन्तरिक राजस्वले चालू खर्च धान्ने अवस्था नरहेको, ९ महिनामा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको, भुक्तानी चाप असन्तुलन बढेको बताए ।

’तरलता अभाव दुई तीन महिनामा देखिन थालेको छ । देशभित्रको निजी क्षेत्रको लागत मात्र होइन निराशामा मात्र बढेको छ’, थापाले भने, ’८ प्रतिशतको वृद्धिदर लक्ष्य थियो। ६ दशमलव ८ प्रतिशतमा छौं । कृषिमा काष्ठ सामान प्रयोग, मनसुन र सेवा क्षेत्रमा मार्जिनल वृद्धि छ । तर दिगो छैन् । औद्योगिक वृद्धि भएको छैन् । यो एक वर्षमा के जादू गर्नुभया े?’ उनले खतिवडालाई आत्मालोचना गर्न सुझाए ।

’मैले गर्न खोजे सकिनँ र सुधार गर्छु भन्ने ठाउँबाट सुधार गर्नु भएको भए ठीक ढंगले जाने थियो होला’, थापाले भने, ’दुई अंकको आर्थिक वृद्धि होइन संरचनात्मक परिवर्तन गर्ने, विप्रेषणमा आधारित होइन लागतमा आधारित वृद्धि गर्नुपर्छ ।’

उनले नेपालमा दक्षिण एसियामा सबभन्दा कम वैदेशिक लगानी आएको उल्लेख गरे ।

उनले राजस्व परिचालनमा नविनता ल्याउनुपर्ने, ग्लोबल भ्यालु चेन र रिजनल भ्यालु चेनमा जोडिने तथा सामान्य र मध्यम स्तरका उद्योगबारे सरकार स्पष्ट हुनुपर्ने बताए ।

’कृषिमा पुरानो रटान छ । औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने, यान्त्रिकरण गर्ने, विशिष्टीकरण गर्ने, उत्पादन बढाउने । कृषिमा आत्मनिर्भर, आयात र खपतको आधारभूत कुरामा अलमलिएका छौं । हाम्रो उत्पादन हिजोको भन्दा घटेको होइन् । उपभोग बढेको छ भन्ने सामान्य ज्ञान पनि हामी नराखिकन पहिला निर्यात गर्थ्यौं अहिले घट्यो भनेर रुने काम जताततै देखिन्छ’, थापाले भन ।

प्रतिनिधि सभाको बैठकमा थापाले समृद्धिको परिकल्पना हावादारी भएकै कारण नीति तथा कार्यक्रम बरालिएको र त्यसमै आधारित भएर बजेटको सिद्धान्त र कार्यक्रम आएको बताए ।

’नीति र कार्यक्रम बरालिएका कारण बजेटको सिद्धान्त र कार्यक्रम झन् अमलियो’, थापाले प्रश्न गरे, ’अब बजेट कस्तो आउँला, घस्रेला कि उफ्रेला हेर्न बाँकी छ ।’

सम्बन्धित खवर

Back to top button