बुढासुब्बाको दर्शन गरी जान्नुहोस् तपाइँको आज

आज वि.सं.२०७६ जेठ १ गते बुधवारको राशिफल

(ज्यो.प.नारायणप्रसाद दुलाल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महत्तपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा धनखर्च हुनेछ । मानसिक चिन्ता वढ्नेछ । साँझमा अधिक पैसा खर्च हुने योगछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मनोरञ्जनमा सहभागीता भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

यद्यपी,
तपाईंको भाग्यको निर्धारण तपाको आफ्नै सकारात्मक सोच, लगनशीलता, लक्ष्यप्रती दृढ र निरन्तरको कर्मले गर्नेछ । राशिफल कुरा धर्मप्रतिको विश्वास मात्रै हो ।

सम्बन्धित खवर

Back to top button