satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रधानमन्त्री ओलीले भने ‘मदन भण्डारीले जे भन्नुभयो, त्यही अन्तिम होइन’

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ ३ मा प्रकाशित
452
प्रधानमन्त्री ओलीले भने ‘मदन भण्डारीले जे भन्नुभयो, त्यही अन्तिम होइन’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् । तर,भण्डारीले हिजो जे भनेका थिए, त्यहीमात्र अन्तिम नभएको उनले बताए ।

एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा पनि त्यो झल्कियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए ।

अर्का अध्यक्ष ओलीले भण्डारीको विचार छाड्न नमिल्ने जवाफ दिए । उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’

उनले अघि भने, जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

सरकारको बचाउमा उभिन आहृवान

मदन आश्रित स्मृति दिवसको कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डले पार्टीको विचारबारे अधिकांश समय बोल्दा ओलीले भने सरकारका कामकारवाहीको बचाउमा समय खर्चिए ।

जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । यस्ता कुरामा हाम्रो पार्टी सजग र एकताबद्ध ढंगले अघि बढ्नुपर्छ । गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’

सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको ओलीले बताए । संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

ओलीले अघि भने, ‘राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन नपढेर कसको सरकारको प्रतिवेदन पढ्छ ? मेरो सरकारको होइन भने कसको सरकारको नीति कार्यक्रम पढ्ने ? यस्ता स्याल हुँइयामा देशको जेठो भनिएको पार्टी कांग्रेस त लाग्यो लाग्यो, केही बुद्धिजिवीहरु समेत लागेको देख्दा अचम्म लाग्यो ।’

पार्टी एकीकरणको प्रक्रिया लगभग सकिएको भन्दै उनले सिंगो पंक्ति सरकारको नीतिको रक्षामा उभिनुपर्ने बताए । कार्यकर्ता पंक्ति एकजुट भएर गणतन्त्रान्तिक पद्धतिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने भन्दै उनले अहिले नेकपाको बहुमत नपचेकाहरुले समाजमा स्वतन्त्रताको नाममा अराजकता सिर्जना गर्न खोजिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामीसँग दुई तिहाई अलितकति पुगेको छैन, तिनीहरुलाई हाम्रो बहुमत नपचेर के गर्नु ? अर्को पटक नेकपाले एकल रुपमा दुई तिहाई ल्याउँछ । हाम्रो यो सफलताको शिखर होइन, आरम्भ हो ।’

मिडिया र सामाजिक सञ्जालमा अराजकतालाई स्वतन्त्रताको परिभाषाभित्र पार्न जबर्जस्त प्रयास भइरहेको भन्दै नागरिकका पनि कर्तव्यहरु संविधानले प्रष्ट पारेको बताए ।

सरकारले राम्रा काम गर्दा उल्टै नेकपा र सरकारको नेतृत्वको विरोध भइरहेको ओलीले बताए । २०४७ सालदेखि बिभिन्न व्यक्तिले कब्जा गरेको बालुवाटारको जग्गा फिर्ता ल्याउन लाग्दा सरकारकै आलोचना भएको भन्दै दुःख व्यक्त गरे ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ ३
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ ३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ ३
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ ३
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ ३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ ३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ जेष्ठ ३
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ जेष्ठ ३
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ जेष्ठ ३
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ जेष्ठ ३

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ जेष्ठ ३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.