ट्रकमा लिँदै गरेकाे एकसय २० किलो गाँजा सहित दुईजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले शनिबार ट्रकमा लिँदै गरेकाे १ सय २० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । चितवनबाट हेटौडतर्फ जाँदै गरेको ना ३ ख ३७१५ नम्बरको ट्रकमा कुखुराको दाना हाल्ने बोरामा लुकाएर राखिएको गाँजा सहित  दुईजनालाई पक्राउ गरेको हो ।

गाँजा बोक्ने ट्रकका चालक २८ वर्षीय सुकुलाल थिङ र सोही ट्रकमा सवार नमराज दर्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुचना पाएर ट्रकलाई नवलपुर खण्डमा जाँच गर्दा गाँजा फेला परेको हो । मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले आवश्यक अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित खवर

Back to top button