भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न पसे गुफा

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो ।

उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिक्काटिप्पणीहरु आइरहेका छन् । ’ध्यान कुटिया’ नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने ’द हिन्दुस्तान टाइम्स’ले उल्लेख गरेको छ । भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदै छ ।

सम्बन्धित खवर

Back to top button